देउवा र ओलीको तानातानमा माधव नेपाल

केपी जेठ २ मा फर्किए माधवले के गर्लान् ?

रातोपाटी

काठमाडाैं

एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका निर्णयहरुबाट असन्तुष्ट बन्दै विपक्षी गठबन्धनमा सामेल भएका वरिष्ठ नेता माधवकुमार नेपाल तानातानमा पर्ने संकेत देखिएको छ।

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र सो कमिटीले नेताहरुमाथि गरेको कारवाहीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिने आदेशपछि अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल पक्षले भन्दै आएको जेठ २ मा फर्कने संकेत देखाएका छन्। यससँगै नेता नेपाल केपी ओली ओली र शेरबहादुर देउवाको तानातानमा पर्ने संकेत देखिएको हो।

यसअघि एमालेलाई (२०७५ जेठ २) को अवस्थामा फर्काउन आनाकानी गरेका अध्यक्ष ओलीलाई सर्वोच्चको पछिल्लो आदेशले आफ्नो सरकार जोगाउनकै लागि भएपनि एमाले एकता कायम राख्नुपर्ने बाध्याता देखिन्छ। त्यसका लागि ओलीले पार्टी एकताका नाममा वार्ता गर्न आफू निकटका नेताहरुलाई खटाइरहेका छन्  ।

उता, प्रधानमन्त्री ओलीका राजनीतिक कदमविरुद्ध नेपालसहितको विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगिसकेको छ।

यही असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ओलीविरुद्धको मुद्दा किनारा लगाउने तयारी भइरहेका बेला एमालेलाई पूर्ववत् अवस्थामा फर्काउने भन्दै अध्यक्ष ओली र नेता नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच लगातार जसो अनौपचारिक वार्ता भइरहेका छन्। तर, यो तहको वार्ताबाट माधव नेपाल स्वयं भने सन्तुष्ट देखिएका छैनन्।

प्रकाशित मिति: : 2021-06-20 14:30:00

प्रतिकृया दिनुहोस्