पैसाले भन्न‍े रोचक कथा

हिमाल खबर

काठमाडौँ

श्रीभक्त खनाल

बेलायतमा यही २३ जूनमा पचास पाउन्डको नयाँ नोट बजारमा आउने भएको छ। नोटको अग्रभागमा महारानी एलिजावेथ र पृष्ठभूमिमा एलन म्याथिसन ट्युरिङ (सन् १९१२–१९५४) को आकृति रहनेछ। ब्यांक अफ इङ्ल्यान्डले नयाँ नोटको बारेमा सार्वजनिक गरेपछि अहिले बेलायतमा ट्युरिङको विषयमा चर्चा भइरहेका छन्। 

ट्युरिङ गणितज्ञ, कम्प्युटर वैज्ञानिक, दार्शनिक तथा क्रिप्टएनलिस्ट (कोड मेसेज विज्ञ) थिए। दोस्रो विश्वयुद्धमा ट्युरिङले बेलायतको शत्रुराष्ट्र जर्मनीको सेनाको रेडियो कम्युनिकेसनको ‘कोड ब्रेक’ गरेर बेलायतको गठबन्धनलाई विजयी बनाए। यस बापत ट्युरिङलाई ‘मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिश इम्पायर’ को सम्मान दिइयो (स्रोतः ब्रिटानिका डट कम)। 

बेलायतका साइन्स जर्नलहरूका अनुसार, ट्युरिङले सन् १९३६ मै आधुनिक कम्प्युटरको जग बसालेका थिए। उनले प्रतिपादन गरेको कम्प्युटिङ सिस्टमलाई ‘ट्युरिङ मेसिन’ भनिन्छ। 

विशेषताबाट ख्याति र प्रशंसा कमाए पनि ट्युरिङका आखिरी दिनहरू भने तनावपूर्ण रहे। उनलाई सन् १९५२ मा समलिङ्गी भएको आरोप लगाइयो, जतिवेला समलैङ्गिकतालाई बेलायतमा अपराध मानिन्थ्यो। आरोप लागेका वेला ट्युरिङ बेलायती सरकारको कोड ब्रेकिङ सम्बन्धी अनुसन्धान गर्ने सरकारी कार्यालयका प्रमुख थिए। 
 

प्रकाशित मिति: : 2021-06-22 11:13:00

प्रतिकृया दिनुहोस्