सडक बालबालिकाको उद्धार

Himalaya Post
Himalaya Post

लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा  उद्धार गरिएको छ। 

उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ। 

ती बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन्। बालबालिकाकाका अभिभावकहरुलाई अविलम्ब सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ। 

सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे

मकवानपुर जिल्लामा कोभिड–१९ सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे रहेको पाइएको छ।  पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार जिल्लामा ८९ कोरोना सङ्क्रमित थपिदा ९७ जना कोरोना मुक्त भएका छन्। 

स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना सङ्क्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेकामा  सोमबार मात्र ९७ जना सङ्क्रमण मुक्त भएका छन्। आज सङ्क्रमण मुक्त हुने ९७ सहित जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको सङ्ख्या नौ हजार २२३ पुगेको छ। 

किरियापुत्री भवनको निर्माण गर्न सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिका–७, नवज्योति टोलमा निर्माणाधीन किरियापुत्री भवनको निर्माण कार्य पूरा गर्न सोही वडाका अध्यक्ष राजन थापाले रु ६० हजार सहयोग गरेका छन्। 

वाग्मती प्रदेश सरकारको सहयोगमा उपभोक्ता समूहमार्फत निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि वडाध्यक्ष थापाले वनदेवी राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष राजीप्रसाद ढकाललाई सहयोग रकम उपलब्ध गराएका हुन्। 

प्रदेश सरकारको रु १५ लाख सहयोग तथा उपभोक्ताको रु तीन लाखको श्रमदानमा किरियापुत्री भवन निर्माण भइरहेको छ। तीन वटा कोठा, एक कोठा बराबरको बरण्डा र शौचालयसहितको किरियापुत्री भवनको निर्माण कार्य दुई साताभित्र पूरा हुने वडाध्यक्ष थापाले जानकारी दिए। 

अक्सिजन कन्सट्रेटर सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रालिले मकवानपुरका दुई स्थानीय तहलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ। 

यस सर्भिसेसले एक्सपर्ट फाउण्डेशनमार्फत कैलाश र मकवानपुरगढी गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो। 

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई १० लिटर क्षमताको सो अक्सिजन कन्सट्रेटर सोमबार हस्तान्तरण गरे। 

अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसँग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग पुग्ने बताए। 

अर्का अध्यक्ष हुमागाईँले गाउँपालिकाभित्र २०० भन्दा बढी कोरोना सङ्क्रमित फेला परिसकेकाले अक्सिजनको आवश्यकता अझै उत्तिकै रहेको बताए। 

एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सुगम क्षेत्रमा भन्दा पनि दुर्गम क्षेत्रका जनताले सहज रुपमा अक्सिजन पाउन समस्या झेल्नु पर्ने गरेकाले अक्सिजन कन्सट्रेटर सहयोग गरिएको बताए। अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छछ। रासस 

प्रकाशित मिति: : 2021-06-22 14:24:00

प्रतिकृया दिनुहोस्