मृत्युको मुखबाट यसरी फर्किएँ म !

हिमाल खबर

निरभ पाण्डे

१५ वर्षीय निरभ पाण्डेले कोभिड–१९ सँग सम्बन्धित एउटा अनौठो सिन्ड्रोमसँग जुध्दाको अनुभव यसरी सुनाएका छन्। 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोनाभाइरस देखापर्दा र त्यसले मानिसहरूलाई संक्रमित बनाएको खबर सुन्दा म दुःखी भएको थिएँ। किन हो कुन्नि, अब लामो समय सबै कुरा उस्तै रहँदैनन् भन्ने आभास भएको थियो मलाई। सम्झँदा असाध्यै अप्रिय लाग्ने, तर बिर्सिन असाध्यै गाह्रो समय थियो, पोहोर साल। मैले सदा झैं सामान्य समयको आशा गरेको थिएँ। न केही खतरा, न केही अप्रत्याशित। मात्रै अर्को साधारण वर्ष। तर, मेरो अनुमान विपरीत सन् २०२० बिल्कुल असाधारण रह्यो।

नभन्दै, मार्च महीनासम्ममा त काठमाडौंमा समेत ड्यामडुम लकडाउन शुरू भइहाल्यो। तर, अँध्यारो सुरुङको पल्लोपट्टि झलमल्ल उज्यालो छ भन्नेमा मलाई विश्वास थियो। लाग्थ्यो– यो केवल अर्को एउटा महामारी मात्रै न हो, हामीले नेपालमा योभन्दा खराब स्थिति झेलेका छौं, यसबाट पनि चाँडै उम्कन्छौं।

मेरा लागि बन्दाबन्दी सामान्य जस्तै थियो र पहिला झैं जिन्दगी एक तमास अघि बढिरहेको थियो। स्कूल जान नसके पनि अनलाइनबाटै पढाइलाई निरन्तरता दियौं, अरू त के नै गर्न सक्थ्यौं र हामी! लकडाउनअघि पिआनो बजाउन सिकेकाले मलाई समय काट्न सजिलो भइरहेको थियो। 

 

प्रकाशित मिति: : 2021-06-23 10:19:00

प्रतिकृया दिनुहोस्