पोखरा महानगरपालिकाले ल्यायो ६ अर्ब २७ करोडको बजेट

आगामी आर्थिक वर्ष २०७८र७९ का लागि पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ।

उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गर्दै चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको बताइन्।

महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ। महानगरले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१  लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: : 2021-06-24 14:21:00

प्रतिकृया दिनुहोस्