शव निकाल्न कठिनाइ

Symbolic photo
Symbolic photo

वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ।

बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए।

बुबा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भीरबाट खसेका थिए। गुरुङको शव मौसम खबरीका कारण निकाल्न कठिनाइ भएको उनले बताए।

परिवार र लाप्राकबासीले खोचबाट शव निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका छन। माथि ल्याउन दुई पटकसम्म हेलिकप्टरबाट प्रयास गरिएको भएपनि नसकिएको अध्यक्ष घलेले जानकारी दिए।

गुरुङ गएको जेठ २६ गते परिवारका सदस्य र २ जना छिमेकीको साथमा वन लसुन खोज्न त्यहाँ पुगेका थिए। उनीहरुको भने असार ७ गते हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। रासस

प्रकाशित मिति: : 2021-06-24 14:52:00

प्रतिकृया दिनुहोस्