सडकमा जोडिएको धनबहादुर-सन्तोषी नाताको वियोगान्त

अनलाइनखबर

काठमाडौँ

गौरव पोखरेल

‘चरा कराउने मान्छे यहीं बस्ने हो ?’ चार जना व्यक्तिले बुधबार कालोपुलको गुरुङ बस्तीमा रहेको कोठामा बसिरहेका धनबहादुर तामाङ (५२)लाई सोधे । हट्टाकट्टा, छोटाछोटा कपाल भएका व्यक्तिहरु देखेर उनी केहीबेर मौन बसे र जवाफ फर्काए, ‘यहींभित्र बस्छ, म उसको धर्म बुबा ।’

उनलाई अर्को प्रश्न थियो, ‘खोइ.. कता छ ?’ धनबहादुर फोन लगाउँछु भन्दै मोबाइल निकाल्न खोजे । तर उनीहरुले मोबाइल झिक्ने बित्तिकै खोसिदिए । अनि जुत्ता, झोला र ज्याकेटको तस्वीर देखाउँदै एकपछि अर्को प्रश्न गरे ।

त्यसपछि बल्ल धनबहादुरले थाहा पाए, सोधपुछ गर्नेहरु सादा पोशाकका प्रहरी रहेछन् । ‘मैले दिएको झोला नचिन्ने कुरै भएन,’ धनबहादुर भन्छन्, ‘सन्तोषीकै सामान थिए ।’ प्रहरीले सामान देखाउने बित्तिकै धनबहादुरको मनमा चिसो पस्यो । उनी सम्झन्छन्, ‘पक्कै सन्तोषी दुर्घटनामा परिछिन् भन्ने भयो ।’

तर प्रहरी घरमा आएको दुई दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सन्तोषीमाथि बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको तथ्य सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपी २९ वर्षीय सुरेश तिम्सिनाले पनि बलात्कार प्रयासको प्रतिकार गरेकाले घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

प्रहरीले आरोपी सार्वजनिक गर्दा बताएका कारण सुन्दा धनबहादुर झनै बेचैन बनेका छन् ।

प्रकाशित मिति: : 2021-06-25 22:10:00

प्रतिकृया दिनुहोस्