पोखरामा विषालु च्याउ खाँदा ८ जना बिरामी 

Symbolic photo
Symbolic photo

पोखरामा विषालु च्याउ खाएर ८ जना बिरामी भएका छन्। पोखरा महानगरपालिका-३३ पुँडीका ८ जना विषालु च्याउ खाएर बिरामी भएका हुन्। 

पुँडीको धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ ल्याई खाँदा उनीहरु बिरामी भएका हुन्। च्याउ खाएर बेहोस भएका उनीहरुलाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा लगिएको छ। 

पोखरा महानगरपालिका ३३ पुँडी बस्ने ४५ वर्षीय गोठे पुन, पुनकी श्रीमती ४० वर्षकी लिला पुन सहित १३ वर्षे छोरा पूर्ण पुन, १० वर्षकी छोरी बिनिता पुन, ८ वर्षकी छोरी अस्मिता पुन, ६ वर्षकी  छोरी माया पुन।

त्यस्तै सोही ठाउँकै स्वाँरा बस्ने ५५ वर्षे भिम बहादुर पुन र उनका ५२ वर्षे श्रीमती गौमाया पुन बिरामी भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। सबै जनाको अवस्था
मध्यम रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

प्रकाशित मिति: : 2021-06-27 18:42:00

प्रतिकृया दिनुहोस्