पोखरामा शिक्षा मन्त्रीको पुत्ला दहन, ३ जना पक्राउ 

पोखरामा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला जलाइएको छ। सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिएको विरोधमा आयोजित कार्यक्रममा शिक्षा मन्त्रीको पुत्ला जलाइएको हो।

पुत्ला जलाउने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा मोर्चाका कार्यकर्ता किरण नेपाली, जनता समाजवादी पार्टीका नेताद्वय नेत्र चापागाईं र रेशम सापकोटा छन्।

जात व्यवस्था उन्मूलन मोर्चा गण्डकी प्रदेशको अगुवाईमा पोखरा मानव अधिकार चोकमा गरिएको कार्यक्रम दुई दर्जन बढी सहभागी थिए।

प्रकाशित मिति: : 2021-06-29 16:35:00

प्रतिकृया दिनुहोस्