‘होमो लङ्गी’ : कस्तो छ नयाँ मानव प्रजातिको खप्परको कथा?

हिमाल खबर

काठमाडौँ

उत्तर-पूर्वी चीनको हर्बिनमा सन् १९३३ मा फेला परेको प्राचीन खप्पर नयाँ प्रजातिको मानवको हुनसक्ने वैज्ञानिकहरूले हालै सार्वजनिक गरेपछि मानव विकासको कथामा यसलाई महत्त्वपूर्ण अध्याय मानिएको छ।

चीन र जापानबीच व्यापार, सांस्कृतिक सम्बन्ध, मित्रता र संघर्षको सयौं वर्षको लामो इतिहास छ। पहिलो विश्वयुद्धपछि सन् १९३१ ताका जापानले चीनमाथि आक्रमण गरी केही भूभाग कब्जा गर्‍यो।

सन् १९३३ मा चीनको उत्तर–पूर्वमा रहेको हर्बिनस्थित सङह्वा नदीमा पुल बनाउने क्रममा खन्दा चिनियाँ श्रमिकले एउटा मानव खप्परको जीवाश्म भेटे।

त्यसको ५/६ वर्षअघि चीनमा फेरि यस्तै अर्को जीवाश्म भेटियो। ‘पेकिङ म्यान’ भनेर संसारभर चर्चा पाएको त्यो जीवाश्म मानवको पूर्वज होमो इरेक्टसको थियो। सङह्वा नदीमा जीवाश्म भेट्ने श्रमिकले सम्‍भवतः ‘पेकिङ म्यान’ को चर्चा सुनेका थिए। त्यसैले त्यो जीवाश्म जापानीले लैजान्छन् भनेर लुकाए। 

 

प्रकाशित मिति: : 2021-07-04 10:11:00

प्रतिकृया दिनुहोस्