गोरखा र स्याङ्जामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

गण्डकी प्रदेशका दुई जिल्ला गोरखा र स्याङ्जामा कोरोना भाइरसका नयाँ भेरियन्ट फेला परेको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट जेठ ३१ गते परिक्षणका लागि स्वाब काठमाडौं पठाइएकोमा नयाँ  भेरियन्ट फेला परेको हो। गोरखा र स्याङ्जाका ५ नमुना परिक्षणको लागि काठमाडौं पठाइएको थियो।

पठाइएका ५ नमुनामध्ये पाचै नमुनामा नयाँ भेरियन्ट फेला परेको छ। अघिल्लो भेरियन्ट भन्दा यसको संक्रमण दर बढी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

५ नमुनामध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ वर्षीय किशोर र ६० वर्षीय बृद्ध छन्। यस्तै गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ७० वर्षीय बृद्धा, ३४ र ४४ वर्षीया महिला छन्।

प्रकाशित मिति: : 2021-07-11 15:01:00

प्रतिकृया दिनुहोस्