न्यायाधीश ईश्वर खतिवडाका यी ‘अब्बल फैसला’

हिमाल खबर

काठमाडौँ

प्रतिनिधि सभा विघटन सम्बन्धी फैसला लेखेर चर्चामा रहेका सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यसअघि पनि संवैधानिक कानूनको विधिशास्त्र विकासमा योगदान पुग्ने थुप्रै फैसला लेखेका छन्। 

२८ असारमा प्रतिनिधि सभा विघटन सम्बन्धी निवेदनमा फैसला सुनाउन संवैधानिक इजलासमा प्रवेश गर्ने बित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शम्‍शेर जबराले भने, “रिट निवेदकको माग बमोजिम परमादेश जारी भएको छ। फैसला लेख्ने जिम्मा ईश्वर श्रीमान् (न्यायाधीश ईश्वरप्रसाद खतिवडा)लाई दिएका थियौं। उहाँले मिहिनेत गरेर लेखेको फैसलामा हामी सबै न्यायाधीशहरू सहमत भएका छौं। फैसलाको मुख्य अंश ईश्वर श्रीमान् आफैंले सुनाउनुहुन्छ।”

त्यसपछि न्यायाधीश खतिवडाले आफूले लेखेको फैसलामा इजलासका बाँकी न्यायाधीशको पनि योगदान रहेको बताए। छोटो भूमिकासहित उनले फैसलाबाट मुख्य–मुख्य आदेश खण्ड वाचन गरे।

 

प्रकाशित मिति: : 2021-07-14 07:53:00

प्रतिकृया दिनुहोस्