गण्डकी प्रदेश सरकारले पायो पूर्णता, काे–काे भए मन्त्री ?  

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। एक महिना लामो विवादपछि मन्त्रिपरिषद् पुर्ण भएको हो।

नयाँ थपिएका मन्त्रीमध्ये माओवादी केन्द्रबाट कास्कीका रामजी बराल अर्थ मन्त्री, बाग्लुङका चन्द्रबहादुर बुढा कृषि तथा सहकारी, स्याङ्जाका दीपक चर्ती मगर वन तथा वातावरण मन्त्रीमा शपथ लिएका हुन्।

यस्तै, काँग्रेसबाट थपिएका मन्त्रीमध्ये स्याङ्जाका मेखलाल श्रेष्ठ सामाजिक विकास मन्त्री, बाग्लुङका मणिभद्र शर्मा पर्यटन मन्त्री र कास्कीका बिन्दुकुमार थापाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन्। तनहुँका दोबाटे विश्वकर्मा मन्त्री बन्ने भनिए पनि अन्तिममा बिन्दुकुमार थापाले बाजी मारे।

यसअघि सामाजिक मन्त्री बनेका कुमार खड्काको भने जिम्मेवारी फेरिएको छ। उनी भौतिक मन्त्री बनेका छन्। जुन मन्त्रालयमा काँग्रे र माओवादीको किचलोले अहिलेसम्म मन्त्री परिषद् अन्यौल पैदा भएको थियो।

माओवादी र काँग्रेसले ४/४ मन्त्रालय लिएर जसपालाई २ मन्त्रालय दिने भनिए पनि काँग्रेसले मुख्यमन्त्री सहित ५ मन्त्रालय लिएको छ। यसअघि जसपाका हरिशरण आचार्य र धनमाया लामा पोखरेल मन्त्री बन्ने भनिएको थियो। हरिशरण मन्त्री बने पनि धनमायालाई भने धोका भएको छ।

काँग्रेस माओवादीसहित ४ दल र एक स्वतन्त्र गरि ३१ सांसद सामेल रहेको गठबन्धन सरकार जेठ २९ मा गठन भएको थियो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित काँग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बनेका थिए।

२९ गते विना विभगीय मन्त्रीको रुपमा शपथ लिएका ४ मन्त्री कुमार खड्का र मधुमाया गुरुङले जिम्मेवारी लिए पनि हरिशरण आचार्य र दीपक मनाङेले पदभार ग्रहण गर्न अश्विकार गरेका थिए। अहिले चारै मन्त्रीले शपथ लिइसकेका छन्। कुमार खड्का सामाजिक, मधुमाया अधिकारी स्वास्थ्य दीपक मनाङे खेलकुद र हरिशरण आचार्य उर्जा मन्त्री छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन्।

प्रकाशित मिति: : 2021-07-23 14:00:00

प्रतिकृया दिनुहोस्