‘हामी कुनै पनि राजनीतिक एलाइन्स र सैन्य ब्लकमा संलग्न हुन सक्दैनौं’

अनलाइनखबर

काठमाडौं

झण्डै ४० महीनापछि केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भएको छ । यस अवधिमा प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकार थिए, डा.राजन भट्टराई । अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी भट्टराई ओलीको विश्वासपात्र मानिन्छन् ।

ओली कार्यकालमा उनले नेपालको परराष्ट्र नीति संचालनलाई नजिकबाट हेर्दा के देखे ? नेपालको परराष्ट्र नीतिका विभिन्न विषयमा डा. राजन भट्टराईसँगकाे कुराकानीः

नेपालको भूराजनीतिक अवस्थितिले गर्दा हामीले वैदेशिक मामिलामा एकदमै होशियारीपूर्वक कदम चाल्नुपर्छ भनिन्छ, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारको हिसाबले तपाइँले कस्तो अनुभव बटुल्नुभयो ? 

हामी चुनौतीपूर्ण अवस्थामा छौं । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि नै भूराजनीतिक अवस्थिति भन्ने टर्मिनोलोजीको प्रयोग आ–आफ्नो समय अनुसारको भाषामा प्रयोग हुँदै आएको छ । हाम्रो ‘लोकेसन’को संवेदनशीलताको कुरा अहिले उच्चतम रूपतर्फ जाँदैछ ।

त्यो उच्चतम रूप भनेको हिजो विश्वको राजनीति ध्रुवीकृत हुँदा हाम्रोमा त्यसको असर धेरै पर्ने अवस्था थिएन । किनभने हामी आफंै कम विकसित थियांै, र हाम्रो अन्तर्राष्ट्रिय एक्सपोजर पनि धेरै थिएन । आज हामी आफैं ‘ग्राउण्ड अप’ भएका छौं, आन्तरिक र बाह्य ‘एक्सपोजर’ को हिसाबले हामी हिजोभन्दा निकै माथि छौं । यस अवधिमा हामी दुईपक्षीय र बहुपक्षीय रूपमा विस्तारित भइरहेका छौं । अर्थात्, समग्रमा हाम्रो भूमिका बढ्दै गएको छ ।

प्रकाशित मिति: : 2021-07-28 09:19:00

प्रतिकृया दिनुहोस्