युद्ध र शान्तिको संगम महत गाउँ

अनलाइनखबर

काठमाडौँ

रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो।

दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत। थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो।

त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम पनि यहीं भए र सैन्य कार्यालयहरु यहीं खडा गरिएका थिए। जनयुद्धको चर्चित क्षेत्र महतमा अहिले युद्ध पर्यटनको विकासका लागि पनि पहल भइरहेको छ।

यो भेग युद्ध पर्यटनको हिसाबले महत्वपूर्ण स्थान हो। जनयुद्धमा भएको बलिदानमा पनि महतगाउँ निकै अगाडि छ। महतमा मात्रै ५८ जनाले रगत बगाएका छन्। महत गाउँकै नजिक लाबाङमा बसेको एउटा बैठक निकै चर्चित बन्न पुग्यो। जुन बैठकबाट नेता डा. बाबुराम भट्टराइलाई कारबाही गरेको थियो। यस्तै यही गाउँपालिकाको चुनबाङ भेरीडाँडामा २०६२ असोजमा बसेको ऐतिहासिक बैठकले माओवादीको राजनीतिक लाइन बदलिदियो।

प्रकाशित मिति: : 2021-07-31 08:58:00

प्रतिकृया दिनुहोस्