बुहारी आवाजको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री

Symbolic photo
Symbolic photo

बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ। 

नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ 

संस्थाका प्रदेश संयोजक लता खड्काले कोरोनाका कारण रोजगारीका अवसरबाट व्ञ्चित हुनुपरेको परिावारका लागि चामल, दाल, नून, चिउरालगायत गरी रु ८५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिए। 

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले कोरोनाका कारण रोजगारीका अवसर गुमाएका परिवारमा आर्थिक समस्या बल्झिएको र त्यस्ता परिवारमा जीविकोपार्जनमा समस्या देखिएकाले यो कार्यक्रमले सहयोग पुगेको बताए। 

प्रकाशित मिति: : 2021-08-01 20:06:00

प्रतिकृया दिनुहोस्