अफगानिस्तानमा कहिल्यै टिक्न सकेनन् विदेशी शक्तिहरू

Photo - The New York Times

अफगान  युद्धले पछिल्लो समय व्यापक हिंसात्मक रुप लिइरहेको छ। देशका विभिन्न भागमा तालिबान र सरकारी सुरक्षा फौजबीच लडाइँ, कब्जा र प्रतिकब्जा गर्नेक्रम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्लामिक अतिवादीसमूहसँग तालिबान लड्दैआएको अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबानले कयौँ प्रान्त कब्जा गरिसकेको छ। ग्रामीण भेगमा तालिबानले कब्जा जमाउँदै गइरहेको छ।

अफगानिस्तानबारे अनेक रोचक र पीडादायी कथाहरू छन्, जसलाई ‘साम्राज्यहरूको चिहानघारी’ (१९९०) भनेर समेत चिनिन्छ। सन् २००९ मा ‘साम्राज्यहरूको चिहानघारी’ नामक पुस्तक प्रकाशित भएको थियो। उक्त पुस्तक एकजना अध्येता सेठ जोन्सले लेखेका हुन्।

अफगानिस्तानले थ्रुपै युद्धहरू भोगेको छ। अफगानिस्तानमा साम्राज्य गर्न लागिपरेका शासकहरूको पराजय र पतनबारे पुस्तकमा रोचक तथा कहाली लाग्दा दृश्यहरू उल्लेख गरिएको छ।

अफगानिस्तानमा सन् १८९३ र १९१९ मा ब्रिटिश शासनले तीन युद्ध लडेको थियो। पहिलो एङ्ग्लो–अफगान युद्ध, जहाँ ठूलो संख्यामा ब्रिटश सैनिकले प्रदर्शन गरे।

सन् १८४२ मा हिन्दुकुश क्षेत्रको पहाडहरूमा हिउँले ढाकिएको समयमा ब्रिटिश सैनिकले नरसंहार मच्चाएका थिए। कम्तिमा चार हजार पाँच सय सैनिक र १२ हजारभन्दा बढी आममान्छेको मृत्यु भयो। जब कि सन् १८८७ र १८८० ताका दोस्रो एङ्ग्लो–अफगान युद्ध भएको थियो। 

सन् १९१९ मा तेस्रो अफगान–एङ्ग्लो युद्धताका मध्ये एसियाली देशहरूले विजय हासिल गरे। अफगानिस्तानमा युद्ध हुँदा, हजारौँ हजार संख्यामा सैनिकले ठूलो संख्यामा आफ्नो ज्यान गुमाएका छन्। 

अन्तर्राष्ट्रिय ‘रिपोर्ट’ अनुसार विभिन्न युद्धमा मर्ने सैनिकहरूको लामै सूची रहेको छ। सन् १८३८ देखि २०२१ सम्म मारिएका सैनिकहरू– 

२००१–२०२१ः स्वतन्त्रता लागि जारी अमेरिकी अपरेशनमा दुई हजार तीन सय ४८ अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। यस क्रममा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का एक हजार एक सय ४७ सैनिक समेत मारिए।

१९७९–१९८९ः सोभियत अफगान युद्धमा चौँध हजार चार सय ५३ सैनिकको मृत्यु भएको अनुमान गरिन्छ।

१९१९ः तेस्रो अफगान–एङ्ग्लो युद्धमा दुई सय ३६ सैनिक मारिएका छन्।

१८७९–१८८०ः दोस्रो एङ्ग्लो–अफगान युद्धमा नौ हजार आठ सय सैनिकले ज्यान गुमाएका छन्।

१८३९–१८४२ः पहिलो एङ्ग्लो–अफगान युद्धमा चार हजार सात सय सैनिक मारिए।

सोभियत संघको सैनिकले अफगान प्रवेश गर्ने समयमा शीतयुद्धको समय थियो। त्यस बेला आतङ्कवादी सङ्गठनहरूलाई मुजाहिद्दीन भनिन्थ्यो र उनीहरूमाथि ठूलो अमेरिकी सहयोग रह्यो। 

चौँध हजार चार सय ५३ सैनिकको मृत्यु र ५३ हजार सात सय ५३ सैनिक घाइते भएपछि सोभियत संघले हार्‍यो। सन् १९८९ मा सोभियत सैनिकले अफगान छाडेर भाग्न बाध्य भएका थिए।

अफगानिस्तानमा शासन गर्न अत्यन्तै मुस्किल रहेको विज्ञहरूले दाबी गरेका छन्। यहाँ एकपछि अर्को सत्तामोही बादशाहहरूले आ–आफ्नो शासन जमाउने कोशिश नगरेका होइनन्। तर कहिल्यैँ सफल भएनन्। उनीहरू सधैं हारको सामना गर्नुपर्‍यो।

कतिपय शासकले सुरुमा सफलता प्राप्त गरेपनि अन्ततः हारेपछि देश छाडेर भाग्नु परेको रोचक तर्क समेत छ। ब्रिटिश शासन, सोभियत संघ तथा अमेरिका जस्ता शक्तिशाली मूलुक समेत अफगानमा टिक्न सकेनन्।

इतिहास साक्षी छ । स्थानीय सरकारको समर्थनमा व्यापार गर्न सजिलो छ तर विदेशी शक्तिको आडमा अफगानी जनतालाई शासन गर्ने कुनै पनि राजनीतिज्ञ लामो समयसम्म सत्तामा रहन निकै मुस्किल मानिन्छ। अहिलेको अफगानी सरकारलाई अमेरिकी सहयोग छ। जनता विदेशीशक्ति पटक्कै रुचाउँदैनन्। त्यसका एउटो उल्टो प्रभाव पनि हो, तालिबान देशव्यापी बिस्तार।

अफगानिस्तानलाई जित्न निकै गाह्रो छ। यसका अनेकन कारणहरूसमेत रहेका छन्– यो देश ईरान, मध्य एसिया र भारत–पाकबीच मुख्य भूमि मार्ग हो।

कयौँपल्ट यहाँ आक्रमण हुँदा थ्रुपै जनजातिहरू यहाँका ग्रामीण भेगमा बसोबास गरे। पटक–पटकको आक्रमणले असाध्यै दुःख पाएको घर–गाउँहरू एक किल्लाजस्तै बनाइएको छ।

अफगान भौगोलिक रुपले अप्ठेरो भूमिमा रहेको छ। हिन्दुकुशको उच्चो भाग र हिमाली पर्वतसँगै पूर्वी भेगमा पामिर पहाड छ। हिन्दुकुश, पामिर, तियांशान, कुनलुन र हिमालय क्षेत्र एकसाथ मिलेको छ। भूगोलका हिसाबले अफगान चुनौतीपूर्ण मानिन्छ।

अफगानको भौगोलिक तथा नागरिक एकताले विदेशी शक्ति वा उसको आडमा कब्जा तथा शासन गर्न असंभव रहेको कयौँ तंथ्यहरूले उजागर गरेका छन्।

–एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2021-08-15 20:41:00

प्रतिकृया दिनुहोस्