लुकाकु फर्किनुको अर्थ

पहिलोपोष्ट

काठमाडौं

प्रिमियर लिग क्लब चेल्सीले पुन: बेल्जियन स्टार रोमेलु लुकाकुलाई अनुबन्धित गरेको छ। अघिल्लो सिजन इटालियन सिरी ए मा इन्टरमिलानलाई च्याम्पियन बनाउन सफल भएका लुकाकु फेरि पाँच वर्षका लागि चेल्सीमा आइपुगेका छन्: ९७.५ मिलियन पाउन्डमा।

ब्रिटिस फुटबलमा यो दोस्रो महँगो अनुबन्धन हो। यसअघि म्यानचेस्टर सिटीले ज्याक ग्रिलिसलाई अघिल्लो हप्तामात्र १०० मिलियन पाउण्डमा भित्र्याएको थियो। यसअघि पनि लुकाकु सन् २०११ को अगस्टमा अनुबन्धित भएका थिए। तर चेल्सीबाट मात्र एक सिजनमा १५ खेल खेलेका उनी २०१३/२०१४ को सिजनमा लोनमा वेस्ट ब्रुम हुँदै एभर्टन पुगेका थिए।  खैर, त्यतिबेला र अहिले सन्दर्भ फेरिएको छ। लुकाकुले त्यसपछि राष्ट्रिय टोलिबाट होस या म्यानचेस्टर युनाइटेड र इन्टर मिलानबाट होस, आफ्नो छाप छाड्न सफल भइसकेका छन्। बेल्जियमका लागि त उनी सर्वकालिन सर्वाधिक गोलकर्ता (३१ गोल)नै हुन्।

अघिल्लो सिजन उनको २४ गोल र ११ एसिस्टको सहायतामा इन्टरमिलानले ११ वर्षपछि सिरि ए मा च्याम्पियन बन्न सफल भएको थियो। त्यसैले त उनलाई भित्र्याउन चेल्सीले ठूलो रकम खर्च गरेको छ।

सन् २०१० मा बेल्जियन लिगमा च्याम्पियन बनेयता अघिल्लो सिजन उनले सिरि ए को उपाधि जित्न सफल भएका थिए।

प्रकाशित मिति: : 2021-08-15 09:39:00

प्रतिकृया दिनुहोस्