फेरि पनि साम्राज्यवादी सैन्य हमला हुने नै छ

Photo : AP
Photo : AP

प्रश्न: सन् १८८९ मा अफगानिस्तानबाट सोभियत संघको सेना  फिर्ता भयो। कसले गर्दा र कसको स्वार्थमा सोभियत सेना फिर्ता भए? र तालिबान कसको विरुद्ध कसले जन्मायो र तालिबानलाई हतियार कसले बेच्यो ?
उत्तर: साम्राज्यवादी युद्ध सरदार- अमेरिका।

प्रश्न: सन १९९८ मा तालिबानलाई सत्तामा कसले पु-यायाे ? 
उत्तर: अमेरिका।

प्रश्न: सन् २००१ सेप्टेम्बर ११ मा अलकायदा/ओसामा बिन लादेनले अमेरिकाको पेन्टागनमा हानेपछि लादेनलाई लुकाएको आरोपमा अफगानिस्तामाथि सैनिक हमला गरेर तालिबानलाई सत्ताच्युत गर्ने र लाखौँ निर्दोष अफगानी जनताको हत्या गर्ने र आफ्नो गुलामलाई सत्तामा ल्याउने र तेल भन्डार कब्जा गर्ने को ?
उत्तर: अमेरिका।

प्रश्न: आजको दिनमा पुनः चरमपन्थी तालिबानले अफगानी सत्ता कब्जा गर्दैगर्दा तालिबानले बोकेको बम, बारुद, राइफल, लन्चर आदि कहाँ बनेको? कसले बेचेको? र त्यसबाट सबभन्दा धेरै नाफा कसले कमाएको छ?
उत्तर: अमेरिका। चाइना पनि यसबाट राम्रै नाफामा छ।

प्रश्न: अब ईस्लामिक चरम पन्थी सत्तामा आइसकेपछि फेरि पनि उहि पुरानै चक्र दोहोरिँदैन। र अफगानिस्तानमा शान्ति र स्थिरता आउँछ भन्ने कुनै ग्यारेन्टी छ?
उत्तर: छैन। आजका बिश्वका साम्राज्यवादी शक्तिहरुले त्यसो हुन दिने छैन।

प्रश्न: यसको मुख्य कारण के हो त ?
उत्तर: आजका युद्ध सरदार साम्राज्यवादी शक्ति राष्ट्रहरुको निम्ति युद्ध र हत्यारको ब्यापार सबैभन्दा सजिलो र नाफामुखी ब्यापार/ब्यबसाय हो।

प्रश्न: त्यसो भए समाधान के हो त? 
उत्तर: कुनै पनि देशभित्रका उत्पीडित सर्वाहारा जनताको मालेमावादी संघर्ष र बैज्ञानिक समाजवादी सत्ताको स्थापना हो।

निश्कर्ष: आज ईस्लामिक चरमपन्थी तालिवानले अफगानिस्तानी सत्ता आफ्नो हातमा लिँदै गर्दा र अमेरिकी कठपुतली घानीले अफगानिस्तान छोड्दै गर्दा तत्कालको लागी अमेरिकी साम्राज्यवाद पराजित भएको जस्तो देखिए पनि खास अर्थमा उत्पीडित अफगानी जनताको समग्र मुक्ती यो होइन। यसलाई उत्पीडित अफगानी जनताको जीतको रुपमा बुझ्नु ठुलो भूल हुनेछ। चरमपन्थी तलिबान र त्यसले फेरि पनि छुट्टै कट्टरपन्थी ईस्लामिक कानून सरिया र फतवा जारी गरेर अफगानी उत्पीडित जनतामाथि अत्याचार र क्रूर दमन गर्ने नै छ्न्। र त्यसैलाई आतंकवाद घोषणा गरेर फेरि पनि साम्राज्यवादी सैन्य हमला हुने नै छ।

लेखक मुक्तान थेबाबाट साभार

प्रकाशित मिति: : 2021-08-16 16:53:00

प्रतिकृया दिनुहोस्