एउटै कार्यालयमा महिनामा २७ ठगीका उजुरी : कतै आइफोन, कतै डलरको लोभमा लाखौं स्वाहा

प्रहरी भन्छ - सामाजिक सञ्जालले सूचना नदिंदा अनुसन्धानमा समस्या

अनलाइनखबर

गौरव पोखरेल

सोलुखुम्बुकी २८ वर्षीया अनिता (नाम परिवर्तन) लाई असार अन्तिम साता एप्पल कम्पनीमा काम गर्छु भन्दै चुम ली नामक व्यक्तिले फ्रेण्ड रिक्वेस्ट पठाए । झट्ट हेर्दा विदेशी नागरिक जस्तै देखिने चुम लिले अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छु भनेर फोटो पठाएपछि उनले सहजै विश्वास गरिन् ।

सामान्य कुराकानी भएको केही समयमै उनले ‘भ्वाइस कल’ गर्न भन्दै ह्वाटस् एप नम्बर मागे । विदेशी नागरिक भनेपछि नम्बर दिन उनले पनि समय लगाइनन् । त्यसपछि +९२९-४५४६६४१ नम्बरबाट उनलाई निरन्तर म्यासेज र अडियो रेकर्ड आउन थाल्यो । विस्तारै उनले कोरिया घर बताउने ती व्यक्तिलाई विश्वास गर्न थालिन् ।

गत २ असारमा अनितालाई चुम लीले नेपाल भेट्न आउने बताए । त्योभन्दा अगाडि लगेज आउने बताए, जसलाई रिसिभ गर्न विमानस्थलमा ७० हजार रुपैयाँ तिर्नुपर्ने बताए । ‘पैसा पठाउनु भनेपछि अचम्म लाग्यो र प्रहरी कहाँ उजुरी दिएँ,’ अनिता भन्छिन् ।

हाल घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले छानविन गरिरहेको छ ।

कार्यालयले अहिले बाग्लुङकी १९ वर्षीया युवती ठगिएको अर्को घटनाको पनि अनुसन्धान गरिरहेको छ । फेसबुकमा सस्तोमा आईफोन-७ पाउने विज्ञापन देखेपछि १ साउनमा उनले अर्डर गरेकी थिइन् ।

प्रकाशित मिति: : 2021-08-27 10:52:00

प्रतिकृया दिनुहोस्