बराबरीमा राेकिए लिभरपुल र चेल्सी

Photo : theathletic.com
Photo : theathletic.com

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी बराबरीमा रोकिएका छन्।

शनिबार राति भएको खेलमा १-१ गोलको बराबरीमा रोकिएका हुन्। १० खेलाडीमा समेटिएको चेल्सीलाई खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए।

यस बराबरीसँगै लिभरपुलले ३ खेलमा ७ अंक जोडेको छ। चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ।

प्रकाशित मिति: : 2021-08-29 06:34:00

प्रतिकृया दिनुहोस्