अजरबैजानमाथि पोर्चुगलको सहज जित

Photo : Goal.com
Photo : Goal.com

कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ।

मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

समूह 'ए' अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १-१ गोल गरे।रोनाल्डो विना नै मैदान प्रवेश गरेकाे पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेकाे हाे।

साेही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह 'ए'मा पाँच खेलबाट १३ अंक बनाएको छ। समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ। समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमश: तालिकाको  चौथो र पाँचौ स्थानमा छन्।

प्रकाशित मिति: : 2021-09-08 07:01:00

प्रतिकृया दिनुहोस्