'वल्ड' हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

रसियामा हुने 'वल्ड' हाप्किदो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई पोखराबाट बिदाइ गरिएको छ। च्याम्पियनसिपमा सहभागी हुनका लागी पोखरामा एक महिने बन्द प्रशिक्षणमा रहेका हाप्किदोको खेलाडीहरुलाई बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विदाइ गरेका हुन।

हाप्किदोका खेलाडीहरुलाई विदाई गर्दै मुख्यमन्त्री पोखरेलले खेलाडीहरुलाई राज्यले प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन नसकेपनि प्रशिक्षक र खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पुयाउन सफल भएको बताए।

राज्यले सुविधा दिन नसक्दापनि खेलाडीहरुको अथक मेहनत र प्रयासबाट प्राप्त उपलब्धिबाट गौरव गर्ने अवसर पाएको वताउदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका लागी आगामी दिनमा अगाडी वढ्ने वताए। विदाई भएका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर गण्डकी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामना शुभकामना समेत दिए।

कार्यक्रममा राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र संघहरुले खेलाडीको पक्षमा काम गर्न नसकेको बताए। संघ सस्ंथाहरुमा ब्याक्तिवाद हावी हुने र झोलामा संस्था बोकेर हिड्दा खेलाडीहरुको पक्षमा काम नभएको वताउदै त्यस्ता झोले संगठन र तिनका पदाधिकारीले पछिल्लो समय स्थापना भएको हाप्किडो संघका पदाधिकारीबाट काम सिक्न समेत आग्रह गरे। पार्टीबाटै नियुक्ति भएतापनि खेलकुद र खेलाडीको हितमा संघ संस्थाका पदाधिकारीहरुले काम गर्नुपर्ने उनको भनाइ रहेको थियो।

त्यस्तै, हाप्किदो खेलमा खेलाडी संगै अभिभावकहरुको समेत उत्तिकै सहभागीता रहेको वताउदै खेलाडीलाई अगाडि वढाउन अभिभावकहरुको समेत उत्तिकै भुमिका रहने वताए।

त्यस्तै, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले हाप्किडो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउनका लागी आफ्नो ठाउँबाट पहल गर्ने बताउदै हाप्किडो खेलले रसियामा हुने 'वल्ड'च्याम्पियनमा राम्रो नतिजा ल्याउनेतर्फ आफु ढुक्क रहेको वताउदै खेलाडीहरुलाई हौसला प्रदान गरे।

नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालिबहादु घर्तीमगर,खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी अध्यक्ष एमबी आस्था मगर लगायतले वोलेका थिए।

संघका सहसचिव सुशान्त गाहा मगरले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष तारा थापा मगरले स्वागत मन्तब्य राखेकी थिइन्।  

आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने 'वल्ड' हाप्किडो च्याम्पियनशिपमा सहभागी हुने खेलाडी र प्रशिक्षक सहित २० जना सहभागी हुनेछन।

प्रकाशित मिति: : 2021-09-22 21:24:00

प्रतिकृया दिनुहोस्