ठगीको अभियोगमा लेखनदास पक्राउ

पोखरामा जग्गा पास गरिदिन्छु भन्दै पैसा लिएर ठगी गर्ने एक जना पक्राउ परेका छन्। जग्गा पास गरिदिन्छु भन्दै २५ हजार रुपैयाँ लिएर ठगी गरेको अभियोगमा पोखरा– २३ चापाकोटका मातृका बस्ताकोटी पक्राउ परेका हुन्।

बस्ताकोटीले पोखरा– १५ टुटुङ्गास्थित सन्तु ढकाल पौडेलको नाममा रहेको जग्गा मनहरी तिमिल्सिनाको नाममा पास गरिदिने भनेर ठगी गरेका थिए। लेखन्दास काम गर्ने बास्ताकोटी हाल पोखरा– ५ पर्स्याङ बसोबास गर्दै आएका थिए।

५६ वर्षिय बस्ताकोटीले छिटो र सुलभ तरिकाले जग्गा पास गरी लालपूर्जा समेत तपाईंहरूलाई दिन्छु भनी  विश्वास दिलाई ठगेको आरोपमा प्रहरीले उनलाई समातेको हो। नगद लिएर उक्त जग्गा पास समेत नगराएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले अभियुक्त बस्ताकोटीलाई २५ हजारसहित फेला पारेको थियो।

उनलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-03 20:29:00

प्रतिकृया दिनुहोस्