चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु

Symbolic photo
Symbolic photo

चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

खैरहनी नगरपालिका–१३ कुमरोज सामुदायिक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो।

मंगलबार दिउँसो बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

बाघले आक्रमण गरेको स्थानबाट सय मिटर पर झाडीमा बोटेको शव फेला परेको उनले बताए। बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुने बित्तिकै आठवटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाले बोटेको खोजी गरेको उनले बताए।

प्रकाशित मिति: : 2021-10-05 17:07:00

प्रतिकृया दिनुहोस्