गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा मंगलबार पत्रकार सम्मेलन गरी वर्तमान कार्यसमितिकाे उपाध्यक्ष केसीले संघको १०औं विश्व सम्मेलनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान' भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले विभिन्न प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्।
उनले व्यवस्थित र सुरक्षित वैदेशिक राेजगारी, नेपालमा लगानी तथा एनआएन नेपाल डेभलपमेजन्ट फन्डकाे व्यवस्था गर्ने, संस्थागत पुर्नसंरचना तथा सुदृढीकरणा गर्ने, गैरआवसीय नेपालीका हक, हित र अधिकारका लागि काम गर्ने, ज्ञान, एनआएनएलाई सीप र प्रविधिसहित युक्त बनाउने, नेपालकाे पर्यटन प्रवर्द्धन गर्ने लगायतका प्रतिवद्धता जनाएका छन्।
एनआरएनएकाे १०औं विश्व सम्मेलन डिसेम्बर २३ देखि २५ सम्म काठमाडाैँमा हुँदैछ।