कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु, सयौँ बिरामी

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै बिरामी परेका छन्। 

कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो।

बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहको चाप बढेर ९० भन्दा बढी व्यक्ति उपचाररत छन्।

नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया, जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-06 10:55:00

प्रतिकृया दिनुहोस्