मन्त्री छान्न पौडेल समूहको बैठक बस्दै

File photo
File photo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ।

बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा मन्त्रीको नाम चयन गर्न पौडेल समूहको बैठक बस्न लागेको हो।

पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ। 
 

प्रकाशित मिति: : 2021-10-06 12:57:00

प्रतिकृया दिनुहोस्