गुल्मीका १२ मध्ये दश पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेस गुल्मीले जिल्लाका १२ पालिकाको पालिका अधिवेशन सम्पन्न गरेको छ। मुसिकोट र कालिगण्डकीबाहेक अरु स्थानीय पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

मुसिकोट नगरपालिकामा सभापतिमा मोहन घिमिरे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी झविलाल भण्डारीलाई पराजित गरे। १४८ मत मध्ये घिमिरेले ८७ र भण्डारीले ६१ मत प्राप्त गरेका थिए।

त्यस्तै कालीगण्डकी गाउँपालिकाको सभापतिमा निमबहादुर श्रीस निर्वाचित भएका छन्। १११ मतमध्ये श्रीसले ५६ र प्रतिस्प्रर्धी गोविन्द गौतमले ७ र रामप्रसाद न्यौपाने ४७ मत प्राप्त गरेको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए।

जिल्लाका १० वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। रेसुंगा नगरपालिकामा सभापतिका उम्मेदवार ५ जना थिए। तर, जयश्वर पन्थी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको छ।

मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, इस्मा गाउँपालिकामा कृष्ण प्रसाद रिजाल सभापतिसहित नेतृत्वको टुङ्गो लागेको जिल्ला सचिव पन्थीले बताए।

त्यस्तै धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मी दरबार गाउँपालिकामा प्रेम पुन, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल र सत्यवती गाउँपालिकामा विष्णु भण्डारी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको हो। 

प्रकाशित मिति: : 2021-10-07 12:33:00

प्रतिकृया दिनुहोस्