पूर्वाधार निर्माण गरेर खेलकुदको विकास गर्छु− मन्त्री राजिब गुरुङ

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले गाउँ–गाउँमा भौतिक पूर्वाधार निर्माण गरेर खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने बताएका छन्।

युनाइटेड युथ क्लब रिसान थालाजुङ्ग गोरखाको आयोजनामा शुभकामना आदानप्रदान तथा खुल्ला फुटबल प्रतियोगिता कार्यक्रमको उद्घाटनमा मन्त्री गुरुङले खेल मैदानका पूर्वाधार निर्माण गरेर खेलकुदको विकास गर्ने आफ्नो याेजना रहेको सुनाएका छ्न्।

मन्त्रालयले सबै विधाका खेलाडीलाइ प्रोत्साहन गर्ने बताउँदे अब हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउने बिश्वास व्यक्त गरे।

पुनःनिर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशभित्रका सम्पूर्ण गाउँमा बस्ने खेलाडीहरुले समेत प्रशिक्षणका लागि आफ्नै ठाउँमा पाउने मन्त्री गुरुङले बताए। गाउँ स्तरमा सन्चालन हुने साना–ठूला प्रतियोगिताले नै देशमा उत्कृष्ट खेलाडी जन्माउने हुँदा यस्ता प्रतियोगिताहरुले खेलाडीको आत्मबल बढ्ने र उत्कृष्ट खेलाडीहरुको पहिचानसमेत गर्न सहज हुने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2021-10-08 06:14:00

प्रतिकृया दिनुहोस्