गृहमन्त्री खाँण र डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोनाबीच शिष्टाचार भेट

गृहमन्त्री बालकृष्ण खाँणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन्।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाँणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे।

उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा नेपाल सरकारले गरेको बताए।

‘नेपाललाई अहिलेसम्म युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद छ। आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाँणले भने, ‘नेपाल सरकार युरोपियन युनियनसँग संगै काम गर्न तयार छ।’

युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ। राजदूत डिप्रेजले विपद्को क्षेत्र हरियाली जोगाउन र संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएकी थिइन्।

प्रकाशित मिति: : 2021-10-11 14:09:00

प्रतिकृया दिनुहोस्