आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ।
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।
त्यसैगरी राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन नभएको महाशाखाले जनाएको छ।