राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरुको पूजा

onlinekhabar
onlinekhabar

राष्ट्रपति विद्यादेवी भण्डारीले दशैँको नवौँ दिन नवकन्याहरुको पूजा गरेकी छिन्। 

राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा बिहीबार नवकन्याहरुको पूजा गरेकी हुन्।

वैदिक सत्य सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्ने प्रचलन बढेका कारण राष्ट्रपतिले नवकन्याहरुको पूजा गरेकी हुन्।

प्रकाशित मिति: : 2021-10-14 14:36:00

प्रतिकृया दिनुहोस्