१४औँ साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टाेलीले माल्दिभसमै दसैँको टीका लगाएकाे छ। उनीहरुले माल्दिभ्सको राजधानी मालेस्थित एक होटेलमा टीका लगाएर दसैँ मनाएका हुन्।
आज विश्वभर रहेका नेपालीहरुले महान चाड दसैँ मनाउँदै गर्दा उनीहरुले एकाअर्काले टीका लगार दसैँ मनाएका हुन्।
त्यस्तै, मुश्लिम धर्म मान्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले समेत यसपटक नेपाली खेलाडीसँगै दसैँको टीका लगाएका छन्।
जारी साफ च्याम्पियनसीपमा नेपाल फाइनलमा पुगिसकेका छन्। पहिलो पटक साफको फाइनल पुगेको नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने छन्।