सरकारले विकल्प नराेज्दा जनगणनामा सधैँ छुट्छन् विदेशमा रहेका नेपाली

शिलापत्र

रमेश भारती

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न भइसकेको र अब जनगणना मात्र बाँकी रहेको जानकारी दिएको हाे । 

२५ कात्तिक देखि ९ मङ्सिरसम्म हुने गणनाका लागि देशभर ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइएकाे छ । विभागले घर तथा घरपरिवारकाे लगत सूचीकरणका लागि २५ मुख्य र ५५ सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरेको छ । 

यसरी तयार पारिएको प्रश्नमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका हकमा विदेश गएको भन्ने विषय मात्र समेटिएको छ । जनगणनामा वैदेशिक रोजगारीमा छन् कि छैनन् भन्ने प्रश्न र संख्या मात्र राखिएको हाे । साथै अध्ययन र अन्य पेशाका हकमा पनि कुन देशमा अध्ययनसँगै राेजगारी गरिरहेका छन् भन्ने प्रश्न समेटिएको विभागले जानकारी दिएको छ ।  

विगतझैँ राष्ट्रिय जनगणना २०७८ मा पनि विदेशमा रोजगारी, अध्ययन र अन्य पेशा/व्यवसायी गर्दै आएका नेपालीहरू छुट्ने भएका हुन् । विगतका जनगणनामा जस्तै यसपटक पनि विदेशमा रहेका नेपालीहरूको यथार्त विवरण समेट्न नसकिने विभागले जनाएको हाे । 

जनशक्ति अभाव  

विश्वका १ सय ८९ देशमा नेपालीहरू पुगेका छन् । अहिले विभिन्न देशमा करिब ८० लाख नेपालीहरू रहेको अनुमान छ । तर जनगणनामा उनीहरूकाे विवरण मात्र संकलन हुने भएकाे हाे । मूल गणना गर्न सम्भव नरहेकाे केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले बताए । 'स–परिवार नै विदेशमा बसाई सरेको तथ्यांक लिन हामीसँग जनशक्ति अभाव छ । जसका कारण विदेशमा रहेका नेपालीको वास्ताविक विवरण आउने सम्मावना छैन तर  प्रयास भने हुनेछ’, उनले भने ।

प्रकाशित मिति: : 2021-11-10 11:35:00

प्रतिकृया दिनुहोस्