विदेशी सहायतामा टिकेको एमालेको राष्ट्रवाद

अनलाइनखबर

भास्कर गौतम

राजनीतिक ग्राफलाई पछ्याउँदा नेकपा एमाले घोर दक्षिणपन्थी कित्तामा भेट्टाउन सकिन्छ। दलहरूलाई २००७ सालदेखि अहिलेसम्मको लोकतन्त्रीकरणको प्रक्रिया र संघर्षमा उनीहरूले निर्वाह गरेको भूमिकाको आलोकमा हेर्नुपर्छ।

संगठनको नाम जेसुकै भए पनि संगठनभित्र वैचारिक रूप र त्यसको आधारमा बनेको संगठनको चरित्रको आधारमा हेर्दा प्रत्येक ठूला पार्टीभित्र तीन वटा धार छन्। खासगरी कम्युनिष्ट पार्टीहरूभित्र त्यो धार प्रबल रूपमा छ।

दलहरूको तीन धार

एउटा– राजावादी धार हो। दरबारले अगाडि सारेको विश्व दृष्टिकोण र मूल्य–मान्यतालाई पछ्याएर वा नेपाललाई साँघुरो राष्ट्रवादी चश्माबाट हेर्ने जग एकदमै ठूलो छ। यस्तो पंक्ति कम्युनिष्ट पार्टीहरूमा विशाल छ।

केपी ओलीले झापा विद्रोह कालदेखि आजको मितिसम्म दरबारवादी धारको नेतृत्व गर्छन्। हिन्दू कर्मकाण्डलाई पछ्याउँदै हिन्दू धर्म बोक्ने, नेपालभित्रको बहुलतालाई अस्वीकार गर्ने, व्यक्तिवादले नै सबै समस्याको समाधान दिन्छ भन्ने विश्वास गर्ने र खासगरी नेपाली समाजलाई हेर्ने पहाडी र केन्द्रीयतावादी दृष्टिकोण, साँघुरो नेपालीपन आदिको प्रमुख प्रतिनिधि पात्र केपी ओली हुन् र उनले नै एमाले पार्टीको नेतृत्व गरिरहेका छन्। यो पार्टी दक्षिणपन्थी धारको सबैभन्दा बलियो दल हो र अध्यक्ष ओलीले कमल थापा र रवीन्द्र मिश्रलाई पनि माथ गर्छन्।

प्रकाशित मिति: : 2021-11-23 13:43:00

प्रतिकृया दिनुहोस्