आफूले फालेको मास्कले आफैँलाई जोखिम, पृथ्वीमा रहन्छ सयौँ वर्षसम्म

शिलापत्र

दिनेश गौतम

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सुरक्षा कवज बन्यो मास्क । डेढ वर्ष बित्यो, शहरीक्षेत्रमा मास्क नलगाएको मानिस भेटिँदैन । कोरोना महामारीले मास्क जीवनको अनिवार्य अंगसरह बन्यो । तर, प्रयोग गरिसकेको यही मास्क हिजोआज यत्रतत्र भेटिन थालेको छ । सडक, चौर, खोला, पोखरीका छेउछाउ, फोहोरको थुप्रोमा प्रयोग गरिएको मास्क देखिन्छ । यसले वातावरणसँगै मानव स्वास्थ्यमा अर्को जोखिमको निम्तो दिइरहेको विज्ञहरूको मत छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको फोहोरमैला व्यवस्थापन निर्देशिकामा मास्कको बाहिरी सतहमा ७ दिनसम्म भाइरस जीवित रहने उल्लेख छ । यसरी फालिएको मास्कमा भाइरस भएमा सरसफाइ गर्ने व्यक्तिहरूका माध्यमबाट घुमिफिरी आफैँलाई आक्रमण गर्न आइपुग्ने बताउँछन्, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । 

‘भाइरस जीवित छ भने सर्ने जोखिम उच्च हुन्छ । त्यसैले आफूले फालेको मास्क आफ्नै लागि घातक हो,’ उनी भन्छन्, ‘यसले अर्को महामारी नआउला भन्न सकिन्न ।’ जनस्वास्थ्यविद् डा. जनक कोइराला प्रयोग गरिएको मास्कमा कोरोना भाइरस मात्र नभएर अन्य भाइरस पनि हुन सक्ने तर्क गर्छन् । 

प्रकाशित मिति: : 2021-11-23 18:33:00

प्रतिकृया दिनुहोस्