दासढुंगा नजिक एमाले महाधिवेशन: केही घाम, केही छाया

अनलाइनखबर

काठमाडौँ
File Photo
File Photo

नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सम्पन्न भएको छ। महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा गरियो। नारायणी किनारबाट दासढुंगाबाट झण्डै १५ किलोमिटर टाढा पर्छ। दासढुंगा त्यही स्थान हो-जहाँ नेकपा एमालेका लोकप्रिय नेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ‘रहस्यमय’ दुर्घटनामा मृत्यु भएको थियो।

आलोचकहरुले दासढुंगामा एमालेका लोकप्रिय नेताहरुको अवसान भएजस्तै यसको नजिकै नारायणी किनारमा उनले प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद (जबज) को मर्मको व्यवहारिक बिसर्जन गरिएको आरोप लगाइरहेका छन्।

मदनद्वारा प्रतिपादित जबजको मूल स्पिरिट हो-आन्तरिक प्रतिस्पर्धाद्वारा उत्कृष्टता हासिल गर्ने। कम्युनिष्ट आन्दोलनले विश्वव्यापी रूपमा धक्का व्यहोरिरहेको अवस्थामा मदनले नेपालमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको प्रयास गरे।


 

प्रकाशित मिति: : 2021-12-01 09:58:00

प्रतिकृया दिनुहोस्