आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो

File Photo
File Photo

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-11 12:28:00

प्रतिकृया दिनुहोस्