सीमाको समस्या : धनीपुर्जा नेपालको, हक भारतको

तीन पुस्तादेखि जोतेको जग्गामा एसएसबिले लगायो प्रतिबन्ध

थाहा खबर

काठमाडौँ

कचनकवल गाउँपालिका–५ पाठामारीका सहदेवसिंह राजवंशी एक बिघा चार कट्ठा जग्गामा परिवारसँगै खेतीपाती गर्दै आइरहेका छन्। आमा फागनी राजवंशीको नाममा जग्गाधनीपुर्जा रहेको सहदेवको परिवारले तीन पुस्तादेखि उक्त जग्गा भोगचलन गर्दै आइरहेका छन्। तर‚ अहिले सहदेवको जग्गा आधा नेपाल र आधा भारतमा परेको छ। उनको खेतमै ११२/९ नम्बरको सीमा पिलर गाडिएको छ।

नेपाल सरकारले २०५२ सालमा दिएको जग्गा धनीपुर्जाको प्रमाणपत्र देखाउँदै सहदेवले नेपालको जग्गा कहिले भारतको भयो भन्ने पत्तै नपाएको बताए। उनले जग्गा नभएको धनीपुर्जाको अब काम नभएको बताए।

‘नेपाली भूमि कहिले भारत भयो, पत्तै पाएनौं! हाम्रो देशको सरकार के हेर्दैछ? भारतकै जग्गा हो भने कसरी नेपाल सरकारले हामीलाई जग्गा धनीपुर्जा दियो?‚’ सहदेवले भने‚ ‘जग्गा नभएको जग्गाधनीको के काम, पुर्जा लगेर सिडिओ साबलाई बुझाउनुभन्दा अन्य विकल्प हामीसँग छैन।’

प्रकाशित मिति: : 2022-01-17 13:47:00

प्रतिकृया दिनुहोस्