थप १० हजार ३१९ जनामा कोरोना पुष्टि 

File photo
File photo

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पीसीआर तथा ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ। 

यस्तै २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९  पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन्। हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन्।
 

प्रकाशित मिति: : 2022-01-24 16:39:00

प्रतिकृया दिनुहोस्