आफ्नै 'नग्न' तस्विरमाथि यत्रो ‘बार्गिनिङ’ !

कमल प्रभात

काठमाडौं
Breaknlinks
Breaknlinks

केही महिनाअघि काठमाडौँका एक  ५० वर्षीय पत्रकार र काभ्रेकी २२ वर्षीय युवती बीच सामाजिक सञ्जालमा चिनजान भयो । सामाजिक सञ्जालबाटै उनीहरु बीच गहिरो कुराकानी हुन थाल्यो।

उनीहरु हरेक दिन सामाजिक सञ्जालमा कुरा गरिरहन्थे। सोही क्रममा ती युवतीले पत्रकारलाई मनपराउने कुरा बताइन्। त्यसपछि उनीहरु बीच दैनिक घण्टौं कुराकानी हुन थाल्यो।

युवतीसँग जेष्ठ पत्रकारले भिडियो कलमा समेत काम नै छाडेर बाेलिरहन्थे। साेही क्रममा एक दिन भिडियाे कलमा गफिँदै जाँदा युवतीले शरीरका सबै बस्त्र खोलिन्। त्यो देखेर जेष्ठ पत्रकारले मनै थाम्न सकेनन्। उनी पनि के कम आफ्ना सबै कपडा खोले।

युवती चलाख थिइन्। ती पत्रकारले कपडा खोलिरहेकै बेला अर्काे मोबाइलबाट त्याे अवस्थाकाे सबै दृश्य खिचिन्। त्यसकाे भाेलिपल्ट ती युवातीले पत्रकारलाई फाेन गरेर ५० हजार मागिन्। उनले उक्त रकम नदिए हिजाेकाे नाङ्गाे भिडियाे सामाजिक सञ्जालमा अपलाेड गरिदिने धम्किसमेत दिइन्। अब पत्रकार संकटमा परे। लगत्तै पत्रकारले फोन अफ गरे।

उनलाई तनाव भयो, अब के गर्ने ? उनले नजिकको एक भजित नाता पर्ने युवकसँग गुहार मागे। युवतीसँगको कुरा बेलिविस्तार लगाए। भतिजले समस्या समाधान गरिदिने आश्वासन दिए।

भतिज ती युवतीसँग सामाजिक सञ्जालमा जाेडिए। युवतीसँग नजिकिएका उनले पत्रकारको भिडियो प्राप्त गरिछाडे। त्यसको केही दिनपछि भतिज नाता पर्ने युवकले उल्टै काका पर्ने पत्रकारसँग एक लाख मागे। पत्रकार फेरि संकटमा परे। समाधान होइन भतिजकै कारण उनीमाथि झन् झमेला थपियो।

भतिजले भन्न थाले,‘एक लाख नदिए भिडियो भाइरल गरिदिन्छु।’ 

०००

मकवानपुर घर भई काठमाडाैँकाे कीर्तिपुरमा बस्दै आएका २६ वर्षीय निर्दाेष ठकुरीले घरबेटीकी छाेरीलाई दिदी बनाए। उनीहरूकाे  सम्बन्ध लामाे समयसम्म राम्राेसँग चल्याे।

एकदिन दिदीको मोबाइलको सेटिङ ब्रिगियो। ब्रिगिएको मोबाइल भाइलाई बनाउन लगाइन्।

आफू अङ्ग्रेजी नजान्ने भएका कारण उनले भाइको सहयोगमा मोबाइलको सेटिङ बनाइन्। भाइले पनि सेटिङ बनाइदिए तर त्यसमा उनले आफ्नो जी–मेल आईडी राखे।

अंग्रेजी नजान्ने दिदीलाई मोबाइल बनेपछि खुशी भइन्। भाइले राम्रो गरिदियो भनेर धन्यवाद दिइन्।

एकदिन दिदीले आफ्नै मोबाइलबाट आफ्नो सर्वाङ्ग नाङ्गो तस्बिर खिचिन्। यो उनले कसैलाई पठाउन नभएर रमाइलाेका लागि खिचेकी थिइन्। त्यही फोटो जी–मेलको ब्याकअपमा गएर बस्यो जुन ब्याकअप ठकुरीको हातमा थियो।

दिदीको नग्न फोटो देखे पनि ठकुरी केही समय चूपचाप बसे। वास्तै गरेनन्। त्यसको केही समयपछि ठकुरीले अर्कैको नाममा फेसबुक आईडी खोले।

अनि त्यही नयाँ फेसबुक आईडीबाट भेष बदलेर दिदीलाई तथानाम गर्न थाले। ठकुरीले दिदीलाई तनाव दिइरहे। दिदी भने भाइलाई माया गर्दै रहिन्।

ठकुरीले दिदीसँग ‘बार्गेनिङ’ गर्न सुरु गरे। ५ लाख रकम नदिए उक्त नाङ्गो फोटो फेसबुकमा राखिदिने। उनले धम्की दिन थाले, जसका कारण दिदीले आत्महत्यासम्मकाे सोच बनाइन्।

०००

काठमाडाैँका दिनेश राउत (नाम परिवर्तन)काे फेसबुकमा एक युवतीकाे ‘फ्रेण्ड रिक्वेस्ट’ आयाे। दिनेशले ‘फ्रेण्ड रिक्वेस्ट’ स्वीकार गरेसँगै कुराकानी हुन थाल्याे। कुरा गर्दै गर्दा उनीहरू फेसबुकमै मस्किन थाले। केही दिनपछि नै उनीहरुबीच ‘भिडियो कल’ हुन थाल्यो।

एक दिनको कुरा हो, उनीहरू रमाइलो गफ गर्दै थिए। युवतीले आफ्ना सम्पूर्ण वस्त्र खोल्न थालिन्। शरीरका सम्पूर्ण वस्त्र उतारिन्। स्त्रीका गुप्ताङ्गहरुसमेत देखेपछि दिनेश पनि उत्साहित हुने नै भए।

युवतीले दिनेशलाई भनिन्,‘तपाईं पनि प्याण्ट खोल्नुस् न, हेरौँ ! कस्तो देखिनुहुन्छ ?’

युवतीलाई नाङ्गै देखेर दिनेश पनि उत्तेजित भए। उनले पनि हतार–हतार शरीरका सबै कपडा उतारे। अनि युवतीलाई सर्वाङ्ग देखाए। अनि अनुहार रातो पार्दै केही मिनेट छाडा गफ गर्न भ्याए।

उनले युवतीलाई सर्वाङ्ग नाङ्गो देखेपछि होश गुमाइसकेका थिए। दिनेशले उनलाई ‘सेक्स–पार्टनर’ सम्झेर व्यवहार गर्न थालिसकेका थिए।

कामूक मन लिएर मस्की–मस्की लामो सास फेर्दै ‘म्यासेञ्जर’ मा ‘भिडियो कल’ चलिरहेको थियो, दिनेश निकै दिवाना भइरहेका थिए। यसैबीच मोबाइलको स्किनबाट ती युवती एकाएक हराइन्।

उनले कुरा गरिरहेको मोबाइलको ‘म्यासेञ्जर’मा एक युवक देखा परे–उनको सट्टा। ती युवकले दिनेशलाई हिन्दी भाषामा भने, ‘इञ्ज्वाय करो ! बहुत् मजा आया होगा न ?’ युवकले यत्ति शब्द बोलेपछि भिडियो कल काटियो।

अनि केही बेरमै पाको उमेरका दिनेशलाई धम्की आयो, केही बेरअघि नग्न भएर गरेको संवादको भिडियो सामाजिक सञ्जालमा अपलाेड गर्ने।

त्यसपछि दिनेशलाई फसाद आइलाग्यो– अब के गर्ने ?

युवतीका तर्फबाट फेरि त्यही म्यासेञ्जरमा ‘कल’ आयो, ‘भिडियो सामाजिक सञ्जालमा रादिदिऊँ कि पैसा दिन्छौ।’ भिडियो सार्वजनिक हुनबाट रोक्ने हो भने पैसाको ‘बार्गेनिङ’ गर्न थाले।

दिनेशलाई तनाव भयो। यस्तो कुरा कसैलाई ‘शेयर’ गरौँ– आफ्नै बेइज्जत। सामाजिक सञ्जालमा भिडियो भाइरल भयो भने पारिवारिक सम्बन्ध र सामाजिक प्रतिष्ठामा ठूलै आँच आउन सक्थ्यो।

त्यसैले दिनेशले केही दिनसम्म चूपचाप लुकाएर राखे। केही जवाफ दिएनन्। दिनेशले पैसा दिएर भिडियो सार्वजनिक हुनबाट रोक्नेतर्फ वास्ता नगर्ने अवस्था देखेपछि युवतीले उनलाई दबाब दिन थालिन्। आफन्त र साथीहरुको फेसबुक साथीहरुलाई भिडियो पठाएर। त्यसपछि दिनेशको तनाव फेरि चुलियो।

दिनेश लगभग विक्षिप्तजस्तै भइसकेका थिए। फेसबुक साथी रहेका आफन्त र साथीलाई उक्त भिडियो आउन थालेपछि। साथीभाइको ‘इन्बक्स’ मा भिडियो आउञ्जेल त जेनतेन धान्दै थिए, उनकै सालीको ‘इन्बक्स’मा भिनाजुको नग्न भिडियो आयो।

त्यसपछि सालीले दिदीसँग (दिनेशकी पत्नी)लाई भनिन् र भिनाजुको भिडियो देखाइन्। आफ्ना पतिलाई पनि भिनाजुको नाङ्गो भिडियो देखाइन्। त्यसपछि साढुभाइले उनलाई सघाए। दिनेशलाई बोकेर साढुभाइ नेपाल प्रहरीको ‘साइबर ब्युरो’मा पुगे।

०००

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। यसरी सामाजिक सञ्जाल मार्फत् नजिएर नग्न तस्विरहरू खिचेर दुरूपाेयग गर्ने घटना नेपाल प्रहरीकाे साइबर ब्यूराेमा दैनिकजसाे आइरहन्छन्। पछिल्ला केही  वर्षयता नेपालमा यस्ता घटनाहरू बढिरहेकाे प्रहरीकाे तथ्याङ्गले देखाएकाे छ। ‘साइबर ब्यूरो’मा यस आर्थिक वर्षमा मात्रै यस्ता खालका ९८ वटा उजुरीहरू परेकाे ब्यूराेका प्रवक्ता एसएसपी नवीन्द अर्यालले बताएका छन्।

‘पछिल्ला केही वर्षयता नेपालमा यस्ता किसिमका घटनाहरू बढिरहेका छन्, जसले मानिसकाे व्याक्तिगत गाेपनीयतामा ठूलाे असर परिहेकाे त छ नै अपराधजन्य घटनाहरू पनि भइरहेका छन्’, प्रवक्ता अर्यालले भने।

याे अपराधकाे नयाँ रूप भएकाे प्रहरीकाे भनाई छ। सामाजिक सञ्जाललाई माध्याम बनाएर ‘ब्ल्याक मेल’ गर्ने समूह अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशका शहरहरुमा सक्रिय छन्। जसमा महिला मात्रै सहभागी नभएर पुरूषहरू पनि सहभागी रहेर श्रृंखलावद्ध रूपमा भइरहेका छन्। युवतीलाई अघि सारेर सामाजिक सञ्जालमा कामोत्तेजक र अमर्यादित भिडियो पठाउने अनि पछि त्यसैलाई माध्यम बनाएर मोटो रकम असुल्ने अपराध अहिले बढेको छ। जसकाे सिकार डाक्टर, कलाकार, पत्रकार, सामाजिक अभियान्तादेखि वकीलहरू समेत हुने गरेका छन्।

त्यसैले प्रविधिले मानिसलाई सहजतासँगै जटिल समस्यातर्फ पनि डाेर्‍याउने हुनाले यसकाे प्रयाेग सावधानी अपनाउनुपर्ने प्रहरीकाे सुझाव छ। प्रहरीले यस सम्बन्धी परेका उजुरीहरूकाे अनुसन्धान गरी कारवाही गरिरहे पनि यस्ताे धेरै घटनाहरू प्रहरीसमक्ष समेत नपुग्ने गरेका छन्।


आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...

यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे

प्रेमिकाको नग्न फोटो उनैका भाइलाई पठाउने यी कस्ता प्रेमी ?

सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

२२ वर्षे युवतीलाई ‘नाङ्गै’ देखेपछि वरिष्ठ पत्रकारले होस गुमाए...

 

प्रकाशित मिति: : 2022-02-03 18:25:00

प्रतिकृया दिनुहोस्