'स्वर्गकी अप्सरा, मुगुकी रारा'

तस्वीरहरू– राजु कार्की

रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो।

याे ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ। समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराकाे आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएकाे छ। 

चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेकाे छ। राराकाे याे सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूकाे लर्को लाग्ने गरेको छ।

रारामा यो वर्ष तेश्रो पटक हिमपात भएकाे हाे। रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयकाे भनाइ छ। यहाँकाे प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेकाे सक्कबहादुर बुढाले बताए। यसले समग्र कर्णालीको पहिचान बढी रहेकाे आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए।

प्रकाशित मिति: : 2022-02-15 17:00:00

प्रतिकृया दिनुहोस्