बायर्न पराजित

Photo by INA FASSBENDER/AFP via Getty Images
Photo by INA FASSBENDER/AFP via Getty Images

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको छ।

भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए।

यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ। बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ।

प्रकाशित मिति: : 2022-02-13 06:59:00

प्रतिकृया दिनुहोस्