निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर

स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा नेकपा (एमाले)ले हस्ताक्षर गर्ने अस्वीकार गरेकाे छ। आचारसंहिताका विषयमा छलफलकाे लागि आज (मंगलबार) बसेकाे बैठकमा तनाव उत्पन्न भएको भन्दै एमाललेले हस्ताक्षर गर्ने अस्वीकार गरेकाे हाे।

एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोग पुगेका थिए। कानुन विभाग प्रमुख बडालले छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताए।

‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै निर्णय गर्नु उचित नभएकोले एमालेले आज कुनै हस्ताक्षर गरेन। शान्त र उचित वातावरण बनाउदै छलफल गर्ने र सबै दलको विचार सुनुवाई गरेर अगाडि बढ्न आयोगलाई आग्रह छ,’ बडालले भने।

प्रकाशित मिति: : 2022-04-05 15:09:00

प्रतिकृया दिनुहोस्