बन्दीपुरे मीना !

अनलाइनखबर

लक्ष्मण सिटौला

हिंड्दाहिंड्दै गल्तीले एउटा अर्कै गल्लीमा छिरेछु। गल्लीभित्र घरहरू यति जोडिएका छन् कि कतै देख्दिनँ एउटा सानो दुलो जहाँबाट अलिकति हावा छिरोस्, अलिकति घाम छिरोस्, अनि अलिकति जूनको उज्यालो छिरोस्। छिरेपछि मलाई त सास नै फेर्न गाह्रो जस्तो भो। अलि अलि हावा बाहिर मूल सडकदेखि नै मेरो पछि पछि लागेर आएको थियो र पो धन्न। कसरी बस्लान् यहाँका मानिसहरू यस्तो अँध्यारो गल्लीमा।

अन्दाजी  साठी नाघेको कम वयमै यति बूढो देखिएको मानिस फुत्त साइकल चढेर आयो। मेरो पछाडि घण्टी बजायो। म अलिक सडक बीचमै रहेछु। होश नै भएन। कस्तो अचम्म गल्लीभित्र पार्दापार्दैको नयाँ रक्सीको गन्ध आइरहेको थियो। यसलाई खासै गन्ध भनिहाल्न पनि मिल्दैन आखिर खाने चिज न पर्यो यो पनि।

प्रकाशित मिति: : 2022-04-07 07:30:00

प्रतिकृया दिनुहोस्