मनाङमा नयाँ पाँच दल दर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएका छन्।

मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६  वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन्।

मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माकाअनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले नयाँ  पाँच दलले नाम दर्ता गराएका छ्न्।

जसमा राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका हुन्।

आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्।

प्रकाशित मिति: : 2022-04-08 09:13:00

प्रतिकृया दिनुहोस्