हेटौँडा अस्पतालमा राजनीतिक किचलो, अनियमितताबारे अख्तियारमा उजुरी

थाहा खबर

काठमाडौँ

 बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्रै सरकारी अस्पतालमा राजनीतिक किचलो सुरु भएको छ।

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठासम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै अस्पतालमा राजनीतिक किचलो सुरु भएको हो।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूले हेटौंडा अस्पताललाई चुनावी एजेण्डाका रूपमा अघि सार्न खोजेको समेत देखिएको छ।

प्रदेश सरकारले अध्यादेशमार्फत प्रतिष्ठानको ऐन  संशोधन गर्दै प्रतिष्ठान मातहत रहेको मकवानपुरको एक मात्रै सरकारी हेटौँडा अस्पताललाई अलग्याउन खोजेको भन्दै नेकपा एमाले तरंगित बनेको छ।

एमाले नेतृत्वको अघिल्लो सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्दै मकवानपुर जिल्लाको एक मात्रै सरकारी अस्पताल हेटौंडा हस्पिटललाई प्रतिष्ठानमा गाभेको थियो।

त्यसैले एमालेले अस्पताललाई प्रतिष्ठानबाट अलग्याएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउँदा अस्पतालको सेवा सुविधा खस्किने र अस्पताल रिफर सेन्टरको रुपमा स्थापित हुने भन्दै एमालेले यसको विरोध गरिरहेको छ।

प्रकाशित मिति: : 2022-04-09 15:42:00

प्रतिकृया दिनुहोस्