दाङमा तालमेल तयारीमा सत्तारुढ दल

दाङका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्।

आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन्। 

पाँच दलका जिल्ला स्तरीय नेताहरूको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच सहकार्य गरेरै जानुपर्ने सुझाव केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको कांग्रेस सभापति शंकरप्रसाद डाँगीले बताए। 

दाङमा सबै पार्टीको अवस्था, गत २०७४ सालको निर्वाचनमा मत परिणाम र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै गठबन्धन दलहरूबीच चुनावी तालमेल गरेर जानुपर्ने निष्कर्ष निकालिएको सभापति शंकरप्रसाद डाँगीले भनाई छ। 

बैठकमा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका संयोजक तुलसीराम पुन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि वेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियो।

प्रकाशित मिति: : 2022-04-10 20:36:00

प्रतिकृया दिनुहोस्