तिलोत्तमाको मेयरमा एमालेबाट चार जनाको नाम सिफारिस

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुखका लागि चार जनाको नाम सिफारिस गरेको छ।

एमाले तिलोत्तमाको प्रमुखका लागि बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस  गरिएको हो। यस्तै उपप्रमुखका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ।

बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफरिस गरिएको हो।

तिलोत्तमा नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो।

प्रकाशित मिति: : 2022-04-12 19:44:00

प्रतिकृया दिनुहोस्